१५ असार, काठमाडौं । शिक्षक महासंघसँग भएको सहमति अनुसार आइतबार विद्यालय शिक्ष ऐन जारी हुनुपर्ने थियो । तर, बालविकास (ईसीडी) र सहमति भएका विषय पनि उल्टाउन खोजेपछि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले विधेयक पास गर्न सकेन ।
आइतबार बिहान ८ बजेदेखि नै समितिमा औपचारिक र अनौपचारिक छलफल गरी सहमतिको प्रयास भएको थियो । तर, सांसदहरूले सहमति भएका विषयमा पनि पुनरावलोकन गर्न प्रस्ताव राखे ।