मनसुन शुरू भइसकेको छ तर कतै–कतै पानी नपरेको ठाउँमा पनि पहिरो गइरहेको छ । जान्नेहरू भन्छन्– जलवायु परिवर्तनले गर्दा कल्पना नगरिएको ठाउँ र समयमा बाढी–पहिरो आउने गरेको छ ।
हालै सरकारले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रम भइरहेकै समयमा हुम्लामा गएको हिउँपहिरो र केही दिन अगाडि डोल्पामा आएको पहिरो त्यस्तै केही उदाहरण मात्र हुन् ।