कर्णाली, जहाँ हिमाल जति ठूला छन् पीडा र खोला जस्तै गहिरा छन् घाउहरू। यहाँका पाखा–पखेरा, गोठ–गाउँले, कुलो–काँढी मात्र जर्जर छैनन्, जर्जर छ सदियौंदेखि गढिएको जातीय संरचनाभित्रको अन्याय।
गाउँमा जनप्रतिनिधि छन् तर जनताको आवाज छैन। विद्यालय छन्, शिक्षाको चेतना छैन। स्वास्थ्य चौकी छन्, तर उपचारको भरोसा छैन। योजना छन्, तर सार्वजनिक हितभन्दा दलीय राजनीतिको गुटगत लाभका निम्ति तँछाडमछाड।